×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकको २५ लाख कित्ता ऋणपत्र माघ १४ गतेदेखि आउँदै, फारम भर्न कहाँ जाने ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कृषि विकास बैंकको २५ लाख कित्ता ऋणपत्र माघ १४ गतेदेखि आउँदै, फारम भर्न कहाँ जाने ?

६ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कृषि विकास बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले जारी गर्ने ऋणपत्रमध्ये १० लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् भने बाँकी १५ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले माघ १४ गतेदेखि माघ १७ गतेसम्म ऋणपत्र जारी गर्न लागेको हो । उक्त समयमा सबै ऋणपत्र बिक्री नभएमा फागुन १४ गतेसम्म आवेदन दिन पाइनेछ । 
बैंकले ७ वर्ष अवधिको ‘कृषि विकास बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०.३५% ब्याज पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको हो । यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: