काठमाडौं – कृषि विकास बैंकको २५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला भएको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले २ अर्व ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको हो । बैंकले जारी गरेको ऋणपत्रमध्ये १० लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी १५ लाख कित्ता भने बैंकले संघसंस्थाहरुलाई बिक्री गर्नेछ ।
बैंकले ७ वर्ष अवधिको ‘कृषि विकास बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र बिक्री खुला गरेको हो । यस ऋणपत्रमा वार्षिक १०.३५% ब्याज पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गरेको छ । इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको हो । यो ऋणपत्रमा माघ १४ गतेदेखि माघ १७ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा फागुन १४ गतेसम्म आवेदन दिन पाइनेछ । ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ ।
न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्