×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वस्तु आयातमा मूल्य घटाएर एलसी खोल्ने बैंकहरुलाई कारबाही गर्ने अर्थमन्त्री खतिवडाको चेतावनी (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वस्तु आयातमा मूल्य घटाएर एलसी खोल्ने बैंकहरुलाई कारबाही गर्ने अर्थमन्त्री खतिवडाको चेतावनी (भिडियो रिपोर्ट)

Artha Sarokar

२९ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वस्तु आयातमा मूल्य घटाएर एलसी खोल्ने बैंकहरुलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । बैंकहरुले १ सय रुपैयाँको वस्तुको ४० रुपैयाँ मुल्य निर्धारणमा एलसी खोल्ने गरेकोले विकृति बढेको बताउनुभयो । सोमबार नेपाल चेम्बर अफ कमर्सको ६९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले बैंकहरुलाई अन्तर्राष्ट्रिय बजारमा भएका वस्तुहरुको मूल्य सूचि सरकारले उपलब्ध गराउने र उक्त मूल्य अनुसार एलसी नखोले कारबाही गर्ने बताउनुभएको हो । अर्थमन्त्री खतिवडाले कानूनको डर गल्ती गर्ने तथा अपराध गर्नेहरुलाई मात्र हुने भएकोले सम्पत्ती शुद्धिकरण तथा राजश्व अनुसन्धानको डर नमान्न व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो । उहाँले आन्तरिक उत्पादनमा जोड दिन समेत व्यवसायीहरुलाई आग्रह गर्नुभयो । सरकारले आन्तरिक उत्पादन बढाई निर्यात गर्ने व्यवसायीलाई कच्चापदार्थ, प्रविधि, उत्पादनको प्रकृया, प्याकेजिङ, ब्राण्डीङ, तथा निकासी अनुदान लगायतमा सहयोग गरेकाले त्यसको फाइदा लिन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले वस्तु तथा सेवाको निकासीमा सरकारले दिने अनुदान सहज प्राप्त नहुने भएकोले नेपालको उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न नसकेको बताउनुभयो । त्यसका लागि सरकारले बिना सर्त सहयोग गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले सरकारका नीति र व्यवहारका कारण अझैपनि व्यवसायीक वातावरण विग्रिएको बताउनुभयो । अर्थमन्त्री खतिवडाले भने सरकारले संस्थागत आयकरको दर बढाएको छैन, मूल्य अभिवृद्धि कर पनि बढाएको छैन तर कसरी व्यवसायीक वातावरण विग्रियो भन्दै प्रश्न गर्नुभयो । उहाँले व्यवसायीलाई निरुत्सायी गरेर सुशासन कायम गर्न नसकिने समेत बताउनुभयो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी