
काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारको विकासका लागि नेपाल स्टक एक्सेन्ज रियल टाईम सेटलमेन्टमा जानुपर्ने बताउनुभएको छ । नेपाल स्टक एक्सचेन्जको २७औं वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपाल राष्ट्र बैंक जस्तै नेपाल स्टक एक्सचेन्ज पनि रियल टाइम सेटलमेन्ट (आरटीजीएस)मा जानुपर्ने बताउनुभएको हो ।
उहाँले नेप्से आरटीजीएसमा गए लगानीकर्ताले एक लाख रुपैयाँले पनि ठुलो कारोबार गर्न सक्ने र बजारमा पैसाको सर्कुलर बढ्न सक्ने भएकाले बजारको विकास पनि हुने र बजारलाई गप गतिसिल बनाउने बताउनुभएको हो । उहाँले कहिले बैंकको ब्याजदर घटला, कहिले तरलता बढ्ला र शेयर बजार बढ्ला भनेर बालुवाटार तिर फर्केर हेर्ने प्रवृतिको अन्त्य हुने बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले ब्रोकरको संख्या बढाउने, बैंकलाई ब्रोकर लाइसेन्स दिने लगायतका विषयमाथि थप छलफल गर्न सकिने पनि बताउनुभयो । उहाँले लाभांशमा दोहोरो करका विषयमा देखिएका समस्या आगामी बजेटमार्फत समाधान गर्ने समेत बताउनुभयो । उहाँले सिडिएसिको दायरा बढाउने, धितोपत्रको कारोबारले मात्र बजार गतिसिल नहुने भएकाले ऋणपत्रहरुको विकास गरिने लगायतका बजार सुधारका काम गर्न बाँकिरहेको समेत बताउनुभयो ।
त्यस्तै अर्थमन्त्री खतिवडाले नियामक निकाय र त्यस अन्तर्गतका संस्थाहरुबीच कहिले काहिं आउने विवाद स्वभाविक भएको बताउँदै त्यसमा सरकारले दिने निर्देशन सबैपक्षले मान्य बाध्य हुने बताउनुभयो । उहाँले धितोपत्र बजारको विकासका लागि कानुनमा समस्या भए, निर्देशनहरुमा समस्या भए छलफल गर्न सकिने बताउँदै जारि भएका निर्देशनहरु पालनामा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्