×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको एटिएमबाट पैसा चोर्दाचोर्दै पक्राउ परेका किशोरको हिरासतभित्रै ठट्टा , ‘हामी यस्तै त हो नि ब्रो’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ पुष २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंकको एटिएमबाट पैसा चोर्दाचोर्दै पक्राउ परेका किशोरको हिरासतभित्रै ठट्टा , ‘हामी यस्तै त हो नि ब्रो’

काठमाडौँ । चन्द्रागिरी नगरपालिका–७ स्थित सिटिजन्स बैंकको एटीएम मेसिनबाट पैसा चोर्दा चोर्दै केहि दिनअघि प्रहरीले २ किशोरलाई पक्राउ गर्यो । मुगुकाे सोरु गाउँपालिका वडा–६ घर भइ हाल चन्द्रागिरी ५ स्थित दाउराडिपो बस्ने २४ वर्षीय चित्र बहादुर शाही  र २० वर्षीय नन्दराज धराललाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ । गत शनिबार उनीहरुलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको थियो । 
थानकोट चेकपोस्ट नजिकै रहेको एटीएम मेसिनबाट पैसा निकाल्न फुटाइसकेको अवस्थामा प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो  । प्रहरीले उनीहरुले एटीएम मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, पिलास, फलाको रेन्च, काठको बिड भएको धारिलो हतियार चक्कु समेत बरामद गरेको छ । 
हिरासतभित्रै ठट्टा गर्नुले के संकेत गर्छ ?
तर यसरी पक्राउ परी सार्वजनिक भएका उनीहरुलाई आफुले गरेको गल्तीको भित्री रुपमा पछुतो छैन कि भन्ने देखिएको छ । प्रहरी स्रोतका अनुसार हिरासतभित्रै दुइ जना बेला बेला ‘हामी यस्तै त हो नि ब्रो’ भन्दै ठट्टासमेत गरिरहेका छन् । यसले उनीहरु यो प्रकरण बाट छुटेपछि पुन: यस्तै काममा लाग्ने त होइनन् भन्ने आशंकासमेत बढेको छ । प्रहरीले उनीहरुमाथि मुद्धा चलाएको छ ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: