×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उखु किसानको रकम भुक्तानी नगर्ने चिनी मिलको बैंक खाता रोक्का…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

उखु किसानको रकम भुक्तानी नगर्ने चिनी मिलको बैंक खाता रोक्का…!

Artha Sarokar

९ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सरकारले उखु किसानको रकम भुक्तानी नगर्ने उखु मिलहरुको बैंक खाता रोक्का गरेको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै उखु किसानको रकम भुक्तानी नगर्ने ३ सुगर मिलको बैंक खातामा कारोबार गर्न रोक्का गरेको हो । 
मन्त्रालयका सहसचिव तथा प्रवक्ता दिनेश भट्टराईका अनुसार अन्नपूर्ण सुगर, इन्दिरा सुगर एण्ड एग्रो र लुम्बिनी चिनी मिलको बैंक खाता रोक्का गरिएको हो । उखु मिलहरुलाई पैसा तिर्न पटक-पटक ताकेता गर्दा पनि नदिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय यस्तो प्रक्रिया अघि बढाएको हो । 
यता, बैंक खाता रोक्का गर्न मन्त्रालयले राष्ट्र बैंकलाई पत्राचार समेत गरिसकेको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए । 
पाँच वटा उद्योगले भने उखु किसानहरुको सबै रकम भूक्तानी दिइसकेका छन् । भुक्तानी दिनेमा हिमालयन सुगर मिल्स् प्राली, इन्दुशंकर चिनी उद्योग प्रालि, इष्टर्न सुगर मिल्स, रिलायन्स सुगर एण्ड केइ प्राली र भागेश्वर सुगर प्रालि रहेका छन् । 
यस्तै महालक्ष्मी सुगर मिल ११ करोड ५० लाख भूक्तानी गरेको छ भने अझै २१ करोड ४० लाख तिर्न बाँकी नै रहेको छ । अन्नपूर्ण सुगर मिलले ४२ करोड बक्यौंतामा ३ करोड ९० लाख मात्र भूक्तानी गरेको छ । लुम्बिनी चिनी उद्योगले १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ भने इन्दिरा सुगर मिल्सले ७४ लाख भुक्तानी गर्न बाँकी छ । 
त्यसैगरी एभरेष्ट सुगर मिलले बैंक खाता नभएका किसान बाहेक सबैको भूक्तानी दिएको छ भने बाबा बैजुनाथ चिनी उद्योग र वाग्मती खाडसारी मिल्स प्राली सम्पर्कविहिन भएका छन् । यी दुई उद्योगको ८ करोड ४१ लाख रुपैंया बक्यौंता छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी