काठमाडौं – बैंक अफ काठमान्डूको ३ लाख ७० हजार ३५६ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा आएको छ । बैंकले संस्थापक सेयरधनी शक्ति कुमार गोल्यानको नाममा रहेकोे यो सेयर बिक्री गर्न लागेको भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।
यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १६० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ ।
बिक्री एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन माघ २३ गते बिहान १० बजे एनएमबि क्यापिटलको कार्यालय नागपोखरीमा खोलिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्