×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूको फर्जी चेक दिने राजेन्द्र बुढाथोकी जेल चलान…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमाण्डूको फर्जी चेक दिने राजेन्द्र बुढाथोकी जेल चलान…

Artha Sarokar

१५ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक अफ काठमाण्डूमा रहेको आफ्नो खाताबाट ५ लाख भुक्तानी लिनु भनी फर्जी चेक दिने राजेन्द्र बुढाथोकी कारागार चलान भएका छन् । फरार रहेका बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पक्राउ गरि कारागार चलान गरिएको हो । 
राजेन्द्रलाई बैकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनले असोज २८ गतेको फैसलाले १५ दिन कैद र ५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । तर उनि अदालतको आदेशपछि फरार रहेका थिए । 
राजेन्द्रले बैंक अफ काठमाण्डूमा रहेको आफ्नो खाताबाट ५ लाख भुक्तानी लिनु भनी फर्जी चेक मधु बुढाथोकीलाई दिएका थिए। उक्त चेक सटही नभएपछि मधुले दिएको उजुरीको आधारमा सिआईबीले उनलाई पक्राउ गरेको हो । 
सिआईबीका अनुसार पुस १३ गते गोलढुङ्गा, काठमाडौबाट पक्राउ गरी माघ १४ गते काठमाण्डौं जिल्ला अदालत पेश गरेकोमा कैद भुक्तानको लागी केन्द्रीय कारागार,सुन्धारा चलान गरिएको हो । 
उनले व्यवसायका लागि भन्दै र मधुसँग ५ लाख रुपैयाँ ऋण लिएका थिए ।


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी