×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंकहरुले १ सय रुपैयाँको वस्तुको ४० रुपैयाँ मुल्य निर्धारणमा एलसी खोल्ने गरेकोले विकृति बढेको छ’ – अर्थमन्त्री (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘बैंकहरुले १ सय रुपैयाँको वस्तुको ४० रुपैयाँ मुल्य निर्धारणमा एलसी खोल्ने गरेकोले विकृति बढेको छ’ – अर्थमन्त्री (भिडियो रिपोर्ट)

१ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले वस्तु आयातमा मूल्य घटाएर एलसी खोल्ने बैंकहरुलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । बैंकहरुले १ सय रुपैयाँको वस्तुको ४० रुपैयाँ मुल्य निर्धारणमा एलसी खोल्ने गरेकोले विकृति बढेको बताउनुभयो । सोमबार नेपाल चेम्बर अफ कमर्सको ६९औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले बैंकहरुलाई अन्तर्राष्ट्रिय बजारमा भएका वस्तुहरुको मूल्य सूचि सरकारले उपलब्ध गराउने र उक्त मूल्य अनुसार एलसी नखोले कारबाही गर्ने बताउनुभएको हो । 
अर्थमन्त्री खतिवडाले कानूनको डर गल्ती गर्ने तथा अपराध गर्नेहरुलाई मात्र हुने भएकोले सम्पत्ती शुद्धिकरण तथा राजश्व अनुसन्धानको डर नमान्न व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो । उहाँले आन्तरिक उत्पादनमा जोड दिन समेत व्यवसायीहरुलाई आग्रह गर्नुभयो । सरकारले आन्तरिक उत्पादन बढाई निर्यात गर्ने व्यवसायीलाई कच्चापदार्थ, प्रविधि, उत्पादनको प्रकृया, प्याकेजिङ, ब्राण्डीङ, तथा निकासी अनुदान लगायतमा सहयोग गरेकाले त्यसको फाइदा लिन समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले वस्तु तथा सेवाको निकासीमा सरकारले दिने अनुदान सहज प्राप्त नहुने भएकोले नेपालको उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न नसकेको बताउनुभयो । त्यसका लागि सरकारले बिना सर्त सहयोग गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले सरकारका नीति र व्यवहारका कारण अझैपनि व्यवसायीक वातावरण विग्रिएको बताउनुभयो । अर्थमन्त्री खतिवडाले भने सरकारले संस्थागत आयकरको दर बढाएको छैन, मूल्य अभिवृद्धि कर पनि बढाएको छैन तर कसरी व्यवसायीक वातावरण विग्रियो भन्दै प्रश्न गर्नुभयो । उहाँले व्यवसायीलाई निरुत्सायी गरेर सुशासन कायम गर्न नसकिने समेत बताउनुभयो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: