×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत नगरपालिकाद्वारा एकैदिन गरियो ५५ छोरीको बीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत नगरपालिकाद्वारा एकैदिन गरियो ५५ छोरीको बीमा

Artha Sarokar

३ माघ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सिरहाको कल्याणपुर नगरपालिकामा जारी छोरी शिक्षा बीमा सप्ताहको पहिलो दिनमै ५५ को बीमा गरिएको छ । 
विसं २०७५ माघ २ पछि जन्मेका सबै छोरीको बीमा गर्न सिरहाको कल्याणपुरमा जारी छोरी बीमा सप्ताह शिविरको पहिलो दिन बिहीबार मात्रै ५५ को बीमा गरिएको जनाइएको छ । नगरपालिकास्थित रेड्क्रस भवनमा भइरहेको सप्ताहको दोस्रो दिन आज पनि बीमा गराउन छोरीलाई काखामा च्यापेर शिविरस्थलमा अभिभावकको घुइँचो लागेको सामाजिक सुरक्षा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिनुभयो ।
शिविरको प्रदेशका आर्थिक मामिलामन्त्री विजयकुमार यादवले उद्घाटन गर्नुभएको थियो । छोरा र छोरीबीच हुने विभेद्लाई अन्त्य गर्दै छोरीको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले सञ्चालित छोरी बीमा सप्ताह शिविरमा विसं २०७५ साल माघ २ गतेपछि प्रदेशमा जन्मेकी सबै छोरीहरुको सबै कागजाती पूरा गरी शिविरमै बीमा गरिने जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी