काठमाडौं । भन्सार विभागका महानिर्देशक सुमन दाहालले अब नेपाली भन्सारहरु ‘क्यास लेस’ भएको बताउनुभएको छ । भन्सार दिवसका अवशरमा भएको विशेष पत्रकार सम्मेलनमा महानिर्देशक दाहालले भन्सारहरुमा नगद कारोबार बन्द भएको बताउनुभएको हो ।
दाहालले नेपालमा नेशनल सिंगल विण्डो सिस्टमको विकास भइरहेको र अबको केही समयपछि कार्यालयहरुको अन्तरसमुन्वयमा देखिएको समस्या हल गर्ने बताउनुभयो । सिस्टममा पहिलो चरणमा २१ भन्दा बढी कार्यालय एकै छातामुनि रहने भएकाले समुन्वयको अभाव नदेखिने उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :