×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भन्सारमा बस्ने कर्मचारीको मानसिकतामै समस्या छ : अध्यक्ष भवानी राणा (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

भन्सारमा बस्ने कर्मचारीको मानसिकतामै समस्या छ : अध्यक्ष भवानी राणा (भिडियो रिपोर्ट)

८ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भन्सारमा बस्ने कर्मचारीको मानसिकताले वस्तुको मूल्याङ्कन तथा वर्गिकरणमा समस्या हुने गरेको बताउनु भएको छ । ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष राणाले भन्सारमा रहेका कर्मचारीको माइण्ड सेटका कारण समस्या हुने गरेको बताउनुभयो । उहाँले व्यक्ति परिवर्तन हुँदा वस्तुको मूल्याङ्कन र वर्गिकरणमा समस्या देखिने गरेको बताउनुभयो । वस्तुको मूल्य अन्तर्राष्ट्रिय बजारमा परिवर्तन भइरहने र ब्राण्ड, गुणस्तर र खरिद गरिएको परिणाम अनुसार फरक फरक मूल्य हुने भएकाले पनि एउटै वस्तुको मूल्य फरक फरक हुने गरेको बताउनुभयो । उहाँले कतिपय वस्तुमा विदेशी कम्पनीले निर्धारण गरेको कोड र नेपालको भन्सार कोड नमिल्ने गरेकोले समेत व्यवसायीहरु समस्यामा पर्ने गरेको बताउनुभयो । 
कार्यक्रममा राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले व्यवसायीहरुले आफुले आयात गरेको वस्तुको वास्तविक मूल्य नदिएकाले समस्या आएको बताउनुभयो । उहाँले एउटै वस्तु एउटै ब्राण्ड र एउटै गुणस्तरको वस्तुको फरक फरक मूल्यमा ल्याएको देखाउँदा मान्य नहुने बताउनुभयो । उहाँले व्यवसायीहरु इमान्दार भएर मूल्य खुलाएमा कुनै समस्या नहुने समेत बताउनुभयो । 
सचिव ढुंगानाले उत्पादनशिल संरक्षीत क्षेत्रमा भन्सारले संरक्षण गर्ने र विकसाको लागि आधार दिने तथा निर्यातमा सहयोग गर्ने नीति सरकारको रहेको बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुले भनेजस्तो ब्याक ट्रयाकमा नीतिहरु नफर्किने बताउनुभयो । उहाँले सरकारले कच्चा पदार्थ आयातमा सुविधा दिन सक्ने, बैंक कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिन सक्ने, बिजुलिको दरमा छुट दिन सक्ने लगायतका काम गर्न सक्ने तर स्थापित भइसकेको १३ प्रतिशत भ्याटबाट फेरी ब्याक हुन नसक्ने बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: