×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि बीमाका लागि बीमा समितिले तोक्यो जिल्ला, कुन बीमा कम्पनीले कहाँ सेवा दिने ? (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २० पुष २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

कृषि बीमाका लागि बीमा समितिले तोक्यो जिल्ला, कुन बीमा कम्पनीले कहाँ सेवा दिने ? (भिडियो रिपोर्ट)

काठमाडौं । बीमा समितिले र्निजीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर बाली तथा पशुपन्छी बीमाका लागि काम गर्न निर्देशन दिएको छ । बाली तथा पशुपन्छी बीमा व्यववसायलाई प्रवद्र्धन गर्नको लागि बीमा समितिले सबै जिल्लामा कम्तीमा एक बीमा कम्पनीको उपस्थिति अनिवार्य गर्न जिल्ला तोकेरै कम्पनीहरुलाई सेवा विस्तार गर्न निर्देशन दिएको हो । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईले ७५ जिल्लामा तोकेरै बीमा कम्पनीहरुलाई जान निर्देशन दिएको बताउनुभयो । काठमाडौं र भक्तपुरमा भने सबै कम्पनीले आफ्नो इच्छा अनुसार सेवा विस्तार गर्न सक्ने छन् । उहाँले नेपालमा रहेका २० वटा र्निजीवन बीमा कम्पनीको व्यवसाय विस्तार र सरकारले किसानहरुलाई दिने बीमा अनुदानको प्रभावकारी कार्यान्वयनका लागि समितिले यस्तो निर्देशन दिएको बताउनुभयो ।
त्यस्तै समितिले बीमा कम्पनीहरुलाई गाउँगाउँमा घुम्ती सेवा मार्फत कृषि, बाली तथा पशुपन्छी बीमा सम्बन्धी सेवा उपलब्ध गराउन समेत निर्देशन दिएको छ । समितिले गाउँगाउँमा कार्यालय खोलेर सेवा दिन उपयुक्त नभएमा स्थानीय तहसँग सहकार्य गरी बीमाको सुविधा दिने अभियान नै सञ्चालन गरिएको अध्यक्ष चापागाईले बताउनुभयो ।
तोकिएको जिल्लामा अनिवार्य घुम्ती सेवा उपलब्ध गराउन पनि समितिले सबै बीमा कम्पनीलाई निर्देशन दिइसकेको छ । अध्यक्ष चापागईले यसबाट कृषि बीमाको पहुँच सबैठाउँमा पुग्ने र सरकारले कृषिका लागि दिएको बीमा अनुदानको उपयोग हुने समेत बताउनुभयो । यो अभियानले बीमको पहुँच बढ्ने समेत बताउनुभयो । सरकारले कृषि तथा पशुपक्षीं बीमामा प्रिमियमको ७५ प्रतिशत अनुदान दिदै आएको छ । 

हेर्नुहोस्, कुन बीमा कम्पनी कुन जिल्लामा 
नेपाल इन्स्योरेन्स कम्पनी लि.- दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर
राष्ट्रिय बीमा कम्पनी लि.- बझाङ्, डोटी, कैलाली
यूनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लि.- हुम्ला, बाजुरा, अछाम
एभरेष्ट इन्स्योरेन्स कम्पनी- कालिकोट, दैलेख, सुर्खेत, बर्दिया
सगरमाथा इन्स्योरेन्स कम्पनी- मुगु, जाजरकोट, जुम्ला
एन एल जी इन्स्योरेन्स लि.- डोल्पा, प. रुकुम, सल्यान, बाँके
प्रभु इन्स्योरेन्स लि.- मुस्ताङ, म्याग्दी बाग्लुङ, स्याङ्जा
सिद्धार्थ इन्स्योरेन्स लि.- मनाङ, कास्की, पाल्पा, रुुपन्देही
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि.- गोरखा, लमजुङ, तनहुँ, परासी
शिखर इन्स्योरेन्स कम्पनी लि.- चितवन, मकवानपुर, धादिङ, नुवाकोट
हिमालयन जनरल इन्स्योरेन्स क. लि.- सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, बारा
प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि. – दोलखा, रामेछाप, सिन्धुली, सर्लाही
आइएमई जनरल इन्स्योरेन्स लि.- सोलुखुम्बु, ओखलढुंगा, महोत्तरी, धनुषा
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.- संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर
नेको इन्स्योरेन्स लि. -ताप्लेजुङ, पाँचथर, इलाम, झापा
दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लि.- धनकुटा, सुनसरी, तेह्रथुम, सप्तरी
नेशनल इन्स्योरेन्स कम्पनी लि.- रोल्पा, प्युठान, दाङ, अर्घाखाची
सानिमा जनरल इन्स्योरेन्स लि. – कपिलवस्तु, नवलपुर, मोरङ
जनरल इन्स्योरेन्स कम्पनी लि.- रसुवा, सिरहा, पर्सा
अजोड इन्स्योरेन्स कम्पनी लि.- गुल्मी, पर्वत, पूर्वी रुकुम, रौतहट
काठमाडौं र भक्तपुर जिल्लामा सबै बीमा कम्पनीहरुलाई तोकिएको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: