×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगर राजस्व कार्यालयबाट लक्ष्यभन्दा २८ प्रतिशत कम राजस्व संकलन…!

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विराटनगर राजस्व कार्यालयबाट लक्ष्यभन्दा २८ प्रतिशत कम राजस्व संकलन…!

७ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पहिला ६ महिनामा कुल ३ अर्ब ५१ करोड ५३ लाख नौ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा करिब २८% ले कमी हो । कार्यालयले यस अवधिमा ४ अर्ब ४९ करोड ६३ लाख ५५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत वर्ष सोही अवधिमा यस कार्यालयले ३ अर्ब १८ करोड १३ लाख ३१ हजार राजस्व संकलन गरेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा सो अवधिमा २ अर्ब ४६ करोड ५३ लाख ९० हजार राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षमा लक्ष्यभन्दा राजस्व कम उठे पनि गएको वर्षभन्दा ३३ करोड ३९ लाख ७८ हजार रुपैयाँ राजस्व बढी संकलन भएको हो । चालु आर्थिक वर्षमा संकलित राजस्वमा आयकरतर्फ १ अर्ब ४९ करोड ५६ लाख ७१ हजार, मूल्य अभिवृद्धि करमा ८९ करोड ५३ लाख ३० हजार, अन्तःशुल्कतर्फ १ अर्ब १२ करोड ३८ लाख ३ हजार, स्वास्थ्य करतर्फ ५३ हजार र शिक्षा करतर्फ ४ लाख ५२ हजार रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा अन्तःशुल्कतर्फ २ अर्ब २१ करोड ४३ लाख ४ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा १ अर्ब १२ करोड ३८ लाख तीन हजार मात्र संकलन गरेको छ । यो लक्ष्यको तुलनामा करिब ५१५ कम हो । अन्तःशुल्क कम संकलन हुनुमा मादक पदार्थको कारोवारमा कमी आउनु, विकास निर्माण कार्यले तीव्रता नलिनु र जग्गाको कारोबार नहुनुजस्ता प्रमुख कारण भएको प्रमुख सापकोटाले जानकारी दिए ।
उनका अनुसार राजस्व आयकरतर्फ १०३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ १०९ प्रतिशतले वृद्धि भएको छ भने अन्तःशुल्कमा ५१ प्रतिशत कमी देखिएको छ । असोज महिनादेखि पुस मसान्तसम्म अन्तःशुल्कमा क्रमशः वृद्धि भइरहेको प्रमुख सापकोटाले बताए । रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: