×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारका नीतिकै कारण व्यापार घाटा कम गर्ने आधार तयार हुन नसकेको व्यवसायीहरुको भनाई ! (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK

सरकारका नीतिकै कारण व्यापार घाटा कम गर्ने आधार तयार हुन नसकेको व्यवसायीहरुको भनाई ! (भिडियो रिपोर्ट)

१२ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उद्योगी व्यवसायीहरुले व्यापार घाटा न्यूनिकरण गर्ने बलियो आधारहरु अझै तयार हुन नसकेको बताएका छन् । नेपाल समुन्द्रपार निकासी पैठारी संघको ४० औं वार्षिक साधारण सभाको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले सरकारका नीतिहरुका कारण नै व्यापार घाटा कम गर्ने आधार तयार हुन नसकेको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालबाट निर्यात हुने हरेक सामानको निकासी घट्दै गएको र पछिल्लो समय पाम आयलको निर्यात बढेका कारण व्यपार घाटामा सुधार देखिएको छर केही दिन यता पाम आयल पनि निर्यात हुन नसक्दा व्यापार घाटा फेरी बढ्ने निश्चित भएको बताउनुभयो । उहाँले नेपालबाट निर्यात हुने अलैंची, अदुवा, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको र तुलनात्मक रुपमा सूचि बनाएर गरिएको व्यापारमा उक्त सूचिले समेत काम गर्न नसकेको बताउनुभयो । 
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सारमा इ पेमेन्टको व्यवस्था कसरी व्यवस्थित गर्ने र व्यवसायीहरुले पैसा बोकेर जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यो काम गर्न नसके भन्सारमा नै खाता खोली कारोबार गर्न पाउने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो । अध्यक्ष श्रेष्ठले व्यवसायीक कारोबारमा चेक बाउन्स भएर पैसा नउठने समस्या रहेको भन्दै यसलाई व्यवस्थित गर्न कानून आवश्यक रहेको बताउनुभयो । 
नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले वस्तु निर्यात गर्ने हाउसले पनि उद्योगले जस्तै सहुलियत पाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जसरी उद्योगले वस्तु उत्पादन गर्दा इन्सेन्टिभ पाउँछ त्यसरी निै निर्यात गर्ने संस्थालाई पनि सरकारले इन्सेन्टिभ दिनुपर्ने बताउनुयभो । उहाँले यस्तो सुविधाहरु दिन सकेमा निर्यात अर्झ बढ्न सक्ने बताउनुभयो ।
कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले एक सय रुपैयाँको मूल्यको वस्तुको आयात गर्दा बैंकहरुमार्फत कम मूल्यमा एलसि खोलाउने र सोही अनुसार वस्तु ल्याउने भएकाले अव बैंकहरुलाई नै वास्तविक मूल्यमा एलसी खोल्न निर्देशन दिइएको बताउनुभयो । वास्तविक मूल्यमा एलसी खोलिएपछि भन्सारले विल हेर्दै पास गर्दै गर्ने दिन आउने समेत उहाँले बताउनुभयो । 
उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले आयातलाई रोकेर मात्र व्यापार घाटा कम हुन नसक्ने बताउनुभयो । उहाँले नेपालबाट अर्गानिक उत्पादनको निर्यात गर्न सकिने सम्भावना रहेको बताउनुभयो । त्यस्तै नेपालको गार्मेन्ट उत्पादन पनि विश्वमा माग रहेको बताउँदै त्यसको उत्पादन बढाउन उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा उद्योगी व्यवसायीहरुले व्यापार घाटा कम गर्ने विषयमा सरकारले ठोस कार्ययोजना ल्याउनुपर्नेमा जोड दिएका छन् । त्यसमा आफुहरुपनि सरकारलाई सहयोग गर्न तयार रहेको उद्योगी व्यवसायीहरुको भनाई छ । हेर्नुहोस् भिडियो:
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी