
काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिमा ६८ करोड ७७ लाख १ हजार रुपैयाँ मात्र कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्ष बैंकले ७७ करोड नाफा आर्जन गरेको थियो । जसमा बैंकको नाफा १०.७२ प्रतिशतले घटेको देखिएको छ ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ८० करोड २३ लाख ब्याज खर्च गरेको यस बैंकले चालु आवको सोही अवधिमा ३ अर्ब २४ करोड १९ लाख रुपैयाँ खर्च गरेको छ। यसले बैंकको खुद ब्याज आम्दानी घटाउनुका साथै खुद नाफा पनि घटाएको छ।
साथै, बैंकको प्रतिशेयर आम्दानीमा पनि असर परेको छ । गत आवको पुस मसान्तसम्ममा १८ रुपैयाँ ४२ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आवको सोही अवधिमा २ रुपैयाँ ४७ पैसा घटेर १५ रुपैयाँ ९५ पैसामा कायम भएको छ । प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ १३ पैसा कायम भएको छ।
यस अवधिसम्म आउँदा बैंकले ७५ अर्ब ५९ करोड ३३ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ६९ अर्ब ९ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको सञ्चालन मुनाफा पनि १३ करोड ४ लाख ९२ हजार रुपैयाँ घटेर ९५ करोड ५९ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ।
बैंकको जगेडा कोषमा २ अर्ब ८८ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्