
काठमाडौँ – सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडलेको एटिएममा अब मास्टरकार्ड पनि चल्ने भएको छ । बैंकले आफ्नो एटिएममा उक्त कार्ड चल्ने सेवाको सुरुवात गरेसँगै मास्टरकार्ड, Maestro तथा Cirrus ब्राण्डका कुनै पनि कार्ड बैंकको एटीएममा चल्नेछन् ।
बैंकले यसअघि नै भिषा तथा युनियन पेसँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आइरहेको छ।बैंकले नेपाल भ्रमणमा आउने विदेशी पर्यटक र नेपालमा मास्टरकार्ड ब्राण्डका कार्ड वाहक ग्राहकहरु लाभान्भित हुने विश्वास लिएको छ।
बैंकले देशैभरी फैलिएका ८५ वटा शाखा, ८५ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब ४ लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।
साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्