
काठमाडौं – राजस्व छली गर्ने एक व्यवसायीविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । विभागले शुक्रबार व्यवसायी प्रकाशराज गिरीले २१ करोड १८ लाख रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
काठमाडौं महानगरपालिका–७ बस्दै आएका गिरी युनिभर्सल ट्रेड एन्ड सप्लायर्स, युनिभर्सल प्रिन्टिङ प्रेस र युनिभर्सल निर्माण सेवाका सञ्चालक हुन् । उक्त मुद्दामा विभागले बिगो असूल गरी बिगोको दोब्बर जरिवाना र ३ वर्ष कैद सजायको माग दाबी गरेको छ ।
विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली कर बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर अन्तर्गत राजस्व चुहावटको कसूर गरेको अनुसन्धानमा खुलेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्