×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोश्रो पिम नेपाल चलचित्र महोत्सव धनगढीमा सम्पन्न, विभिन्न विधाका व्यक्तिहरु सम्मानित…!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दोश्रो पिम नेपाल चलचित्र महोत्सव धनगढीमा सम्पन्न, विभिन्न विधाका व्यक्तिहरु सम्मानित…!

Artha Sarokar

१३ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – दोश्रो पिम नेपाल चलचित्र महोत्सव धनगढीमा भव्य रुपमा सम्पन्न भएको छ । माघ ९ गतेदेखी ११ गतेसम्म सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा आयोजना गरिएको उक्त महोत्सव शनिबार भव्य रुपमा सम्पन्न भएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सुदुर पश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, धनगढी उपमहानगर पालिका, राष्ट्रिय वाणिज्य वैंक, निर्माण व्यसायि संघ– धनगढीको सहयोग रहेको थियो भने आफ्नो घर टेम्पल रिर्सोट, ईमेज होटल, ट्रेकिङ एसोसियसन अफ नेपाल (टान), कालिञ्चोक दर्शन प्रा.लि. (कालिञ्चोक केवलकार),  प्रदेश ट्राफिक प्रहरी प्रमुख एस्. पी. लोकेन्द्र श्रेष्ठ, वरिष्ठ पत्रकार गीतकार शान्तिप्रिय, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी लगायत दर्जनौ कलाकारलगायतको सहभागिता रहेको थियो । स्थानिय रुपमा सुप कला प्रतिष्ठानले कार्यक्रमको संयोजन गरको थियो ।

उक्त कार्यक्रममा वरिष्ठ संगीतकार शम्भूजित बासकोटा र हाँस्य साम्राज्ञी वसुन्धरा भुषाललाई क्रमशः दीर्घ साधना सम्मान र स्वर्ण साधना सम्मान प्रदान गरिएको थियो भने भैरहवाका हल व्यवासायि ओम जैशी, समाजसेवी महिमा पोखरेल, लक्ष्मी वस्नेत, ई. कृष्ण गोपाल भण्डारीलाई सेवा सम्मान, कलाकार नवराज रिमाल र तेजा ऐरलाई कला सम्मान, प्रभा धन्कोट प्राविधिक तथा व्यवसायिक विद्यालय अछामका प्रधानाध्यापक जोगराज कुँवर लाई शिक्षा सेवा सम्मान प्रदान गरिएको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले पहिलो पटक राष्ट्रिय रुपमा सम्पन्न भएको चलचित्र महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका खेलेको र स्थानिय कलाकारहरुलाई समेत प्रोत्साहन गरेको भन्दै आयोजकलाई धन्यवाद समेत प्रदान गरेकी थिईन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी