×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदीय समितिको निर्देशन सरकारका मन्त्री र कर्मचारीहरुले पालना नगरेको भन्दै सांसदहरुद्धारा स्पष्टिकरण लिन माग ! (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

संसदीय समितिको निर्देशन सरकारका मन्त्री र कर्मचारीहरुले पालना नगरेको भन्दै सांसदहरुद्धारा स्पष्टिकरण लिन माग ! (भिडियो रिपोर्ट)

२९ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिहरुले दिएको निर्देशन सरकारका मन्त्री र कर्मचारीहरुले पालना नगरेको भन्दै सांसदहरुले स्पष्टिकरण लिन माग गरेका छन् । विभिन्न चरणमा बजार अनुगमन पछि राष्ट्रियसभा अन्तर्गतले सरकारलाई दिएका निर्देशन पालना नभएको भन्दै सांसदहरुले यस्तो माग गरेका हुन् । सोमबार बसेको दिगो विकास तथा सुशासन राष्ट्रियसभाका सांसदहरुले राष्ट्रियसभाबाट हुने कुनै पनि निर्देशन सम्बन्धित मन्त्री र सचिवहरुले पालना नगर्ने बताएका छन् । सांसद विमला राई पौडेलले सम्बन्धित मन्त्रालय र विभागका मान्छे बोलाएर अनुगमनका क्रममा पसलेहरुले राखेका समस्या समाधान गर्न डेटलाईन दिने र त्यसपछि मात्रै अनुगमनमा जानुपर्ने बताउनुभयो । 
सांसद महेश कुमार महराले अहिलेसम्म धेरै निर्णयहरु भएपनि व्यवहारमा केही पुष्टि हुन नसकेको बताउनुभयो । सम्बन्धित मन्त्रालय र कर्मचारीहरुले निर्देशन पालना गर्न नचाहेको उहाले बताउनुभयो । ‘राष्ट्रियसभा र त्यसका समिति भन्ने वित्तिकै केही होइन जस्तो सरकारलाई लाग्छ की ?’ उहाँले प्रश्न गर्नुभयो । आफुहरुको हैसियत पनि संघीय सांसदको भएको भन्दै उहाँले प्रतिनिधिसभाका समिति र राष्ट्रियसभाका समिति हेर्ने नजर फरक रहेको बताउनुभयो ।

सांसद मुक्ता कुमारी यादवले समितिले दिएका निर्देशनहरु कतिको कार्यान्वयनमा गए । त्यस सम्बन्धि काम के भइरहेको छ त्यसको जवाफ माग्नुपर्ने बताउनुभयो । सांसद दिनानाथ शर्माले समितिले दिएको निर्देशन अनुसार भएको कामहरुको बारेमा स्पष्टिकरण लिने काम भएमात्रै परिणाम आउने बताउनुभयो ।

समिति सभापति तारादेवी भट्टले मन्त्रीहरुलाई समिति बैठकमा बोलाउँदा पनि समय दिने नगरेको गुनासो गर्नुभयो । समितिको बैठकमा सहभागि हुन तीन दिन अगाडी नै जानकारी गराएर समय माग्दा पनि अन्यौल भएको उहाँको भनाई छ । सुरुसुरुमा बोलाउँदा मन्त्रीहरु आउने गरेको भएपनि १ वर्षयता नटेर्ने प्रवृति हाबी भएको उहाँले बताउनुभयो ।
सोमबार बजार अनुगमनलाई नियमति गर्ने छलफल र छड्के अनुगमन सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको थियो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: