काठमाडौं – बागमती प्रदेशमा माघ १० गते (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ । माघ १० गते तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा हुने भएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै बागमती प्रदेशमा बिदा दिने बताएको छ । गत पुस २७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ १० गते बागमती प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।