×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई लघुवित्तको खुद नाफा ३०१.४४% ले वृद्धि, जगेडा कोष १६ करोड ६० लाख ६५ हजार रुपैयाँ !

PRIME CA
GLOBAL IME BANK

ग्लोबल आइएमई लघुवित्तको खुद नाफा ३०१.४४% ले वृद्धि, जगेडा कोष १६ करोड ६० लाख ६५ हजार रुपैयाँ !

९ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको अधिकांश सूचक बढेको छ । संस्थाको खुद नाफा ३०१.४४% ले वृद्धि भएको छ । गत वर्ष १ करोड ९६ लाख ७ हजार रुपैयाँ खुद नाफा भएको यस वर्ष बढाएर ७ करोड ८७ लाख १२ हजार रुपैयाँ पुर्याएको छ ।
यस्तै, संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १७७.२७% र ३२५.०४% बढेको छ । गत वर्ष ५ करोड १८ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोले यस वर्ष बढोत्तरी गरी १४ करोड ३७ लाख ५८ हजार रुपैयाँ पुर्याएको छ। साथै, सञ्चालन नाफा २ करोड ९१ लाख १ हजार रुपैयाँबाट बढेर १२ करोड ३६ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।
यो दोस्रो त्रैमाससम्ममा कम्पनीको चुक्ता पुँजी २५ करोड ९५ लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष पनि ३७३.८४% ले बढेर १६ करोड ६० लाख ६५ हजार रुपैयाँ जम्मा गरेको छ । गत वर्ष ३ करोड ५० लाख ४६ हजार रुपैयाँ जगेडा कोष रहेको थियो । 
यता, संस्थाको खराव कर्जा भने ०.५३%बाट बढेर ०.९९% पुगेको छ । संस्था प्रतिसेयर आम्दानी २५ रुपैयाँ १५ पैसाले बढेर ६० रुपैयाँ ६५ पैसा पुगेको हो भने प्रति सेयर नेटवर्थ १६३ रुपैयाँ ९८ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: