काठमाडौं – गणपति माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा १ करोड ६६ लाख १२ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ९.४१% ले धेरै हो । गत वर्ष कम्पनीले १ करोड ५१ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी ६३.५३%ले बढेर ४ करोड ३७ लाख ८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष २ करोड ६७ लाख २७ हजार रुपैयाँ कमाएको थियो । यता, सञ्चालन नाफा पनि १ करोड ४० लाख १६ हजार रुपैयाँबाट बढेर २ करोड ३९ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।
यो दोस्रो त्रैमाससम्ममा बैंकले २८ करोड ८२ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्व ९ करोड ८७ लाख ४९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल यसको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ करोड ३० लाख ६ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष १५३२.३४% बढेको छ ।
कम्पनीको खराब कर्जा ०.६९% रहेको छ भने प्रतिसेयर आम्दानी ३२ रुपैयाँ १० पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८९ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्