
काठमाडौँ – सिरहाको सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई पाँच हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
घरायसी प्रयोजनका लागि भारतीय बजार लदनियाँबाट समान ल्याउन सहयोग गरिदिने भन्दै स्थानीयवासीसँग लिएको घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीको टोलीले प्रहरी यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका प्रहरी जवान यादवलाई आवश्यक अनुसन्धानका लागि अख्तियारको बर्दिवास कार्यालय लगिने अख्तियारले जनाएको छ ।
यसअघि आयोगको टोलीले करिब रु १९ लाख घुससहित लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख विनोद शाहसहित तीन इञ्जिनीयरलाई पक्राउ गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्