काठमाडौँ – साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहिबार प्रतितोला ७६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले घटेर प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रति तोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६५ हजार १ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ६३ रुपैयाँ कायम गरेको छ ।