काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला ७५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले घटेर प्रति तोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर प्रति तोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार १ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ५४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।