काठमाडौँ – साताको कारोबारको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला ७५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सयले बढेर प्रति तोला ७६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रति तोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६५ हजार ४ सय १५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ५४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।