![](https://1.bp.blogspot.com/-KDrYaJEzGJU/Xh1T2n4P8TI/AAAAAAABWXU/YUJOVMyWZMgfMPTu7MW-0hlM9kNTBLS9gCLcBGAsYHQ/s640/Gol.jpg)
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला ७५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रति तोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ५ सय ६० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ६७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।