![](https://1.bp.blogspot.com/-ZcmLdJGrGfw/XhQQbnmYwzI/AAAAAAABWII/ZO21At5YujUwS2NvvYA6s711HudI3mCPACLcBGAsYHQ/s640/Gold.jpg)
काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रति तोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रति तोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रति तोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६५ हजार ५ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ८९ रुपैयाँ कायम गरेको छ ।
यसरी सुनचाँदीको मूल्य निरन्तर बढिरहन्दा कारोबार भने ठप्पप्राय रहेको छ ।