Skip to content
LAXMI SUNRISE BANK

सरकारका नीति नियमको पालना गर्ने हो भने व्यवस्थापनमा समस्या हुन्छ : अध्यक्ष कटुवाल (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौं । ग्रील तथा स्टील व्यवसायीहरुले अहिलेको अवस्थामा राज्यको नीति नियम पालना गरेर व्यवसाय गर्ने अवस्था नरहेको बताएका छन् । ग्रील तथा स्टील व्यवसायी संघ, काठमाडौंको वार्षिक साधारण सभामा ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले अहिलेकै अवस्थामा रहेर काम गर्ने हो भने सरकारका नीति नियमहरु पालना गर्न नसक्ने बताउनुभएको छ । उहाँले साना लघु घरेलु उद्योगको रुपमा रहेका ग्रील तथा स्टील व्यवसायीहरुले सरकारका नीति नियमको पालना गर्ने हो भने व्यवस्थापनमा समस्या हुने तथा पूँजीको अभाव हुने बताउनुभयो । उहाँले यो व्यवसायलाई प्रतिस्प्रधि बनाउन प्रविधिको प्रयोग आवश्यक रहेको र सरकारले त्यसमा अनुदान दिनुपर्ने बताउनुभयो । प्रविधिमा सरकारले अनुदान दिएमा उत्पादन बढ्ने र उत्पादन बढेपछि आम्दानी बढ्ने भएकाले श्रमिकलाई सेवा सुविधा बढाउन र सरकारका नीतिहरु पालना गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष कटुवालले व्यवसायीहरु पनि जिम्मेवार बनेर प्रविधिको प्रयोग बढाउन लाग्नुपर्ने बताउनुभयो । उहाँले प्रविधिमा अनुदान दिन महासंघले सरकारसँग प्रस्ताव लगेको जानकारी समेत दिनुभयो । उहाँले व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले बजारको व्यवस्था गर्नुपर्ने र सहुलियत दरमा कर्जा उपलब्ध गराउनुपर्ने समेत बाउनुभयो । हेर्नुहोस् भिडियो :
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK