×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भ्रमण वर्ष सफल बनाउन सरकारलाई सहयोग गर्छौ : अध्यक्ष राणा

काठमाडौँ – होटल एशोसिएशन नेपाल (हान) का केन्द्रीय अध्यक्ष सिर्जना राणाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन आफूहरु तयार रहेको जानकारी दिनुभएको छ । क्षेत्रीय होटल सङ्घ तनहुँको आठौँ साधारणसभाको शनिबार यहाँ उद्घाटन गर्दै उहाँले नेपाल भ्रमणमा आउने विदेशी पाहुनालाई गुणस्तरीय सेवा प्रदान गर्न होटल व्यवसायी प्रतिबद्ध रहेको बताउनुभयो । 
कार्यक्रममा एशोसिएशनका केन्द्रीय सदस्य युवराज श्रेष्ठ, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बराल, चेम्बर अफ कमर्स तनहुँका अध्यक्ष महेन्द्रमोहन भट्टराईलगायतले होटल व्यवसाय मर्यादित हुनुपर्नेमा जोड दिनुभएको थियो ।
अधिवेशनले राम जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा विकास खनाल, प्रथम उपाध्यक्षमा वासुदेव अधिकारी, द्वितीय उपाध्यक्षमा चन्द्रबहादुर थापा, महासचिव चन्द्रकुमार कायस्थ, सचिवमा चिजकुमार श्रेष्ठ, कोषाध्यक्षमा सनतकुमार श्रेष्ठ र सदस्य जीवन शाही, सुनिता पन्थ, सङ्गीता प्रधान चयन हुनुभएको छ । रासस 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: