×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ आइसीएफसी फाइनान्सको वित्तीय प्रगति…

PRIME CA

यस्तो छ आइसीएफसी फाइनान्सको वित्तीय प्रगति…

१७ माघ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ८ करोड १९ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सको यो नाफा गत वर्षको सोहि अवधको तुलनामा १४.६९% ले धेरै हो । गत वर्ष यसैअवधिमा फाइनान्सले ७ करोड १४ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको थियो । 
यस्तै फाइनान्सको खुद ब्याज आम्दानी २२.६३% र सञ्चालन नाफा १९.८०% ले बढेको छ । यस अवधिसम्म आउदा फाइनान्सको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५८ पैसाले वृद्धि भएको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ छ ।
त्यसैगरी आइसीएफसीले पुस मसान्तसम्ममा ६ करोड २ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  ११ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेको यस संस्थाले ८ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।फाइनान्सले रिजर्भको आकार २०.०६% ले बढाएको छ । गत वर्ष यही अवधिमा २७ करोड २९ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ३२ करोड ७७ हजार रुपैयाँ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: