
काठमाडौँ । केहि दिन अघि सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल भयो । तस्विरका बारेमा अनेकखाले टिक्काटिप्पणी भयो । नहोस् पनि किन ? कुरा अलि गम्भीर नै थियो । राष्ट्रिय जनता पार्टी नेपालकी सांसद चन्दा चौधरीले भारतीय छात्रवृत्ति वितरण गर्दै हिँडेको भान हुनेगरी नै बाहिरिएका तथ्यले भारतीय राजदुताबासमा कतिसम्म घोटाला हुन्छ भन्ने तथ्यलाई छताछुल्ल बनाइदिएको छ ।

सांसद चौधरीले महोत्तरीको पिपरा गाउँपालिका लगायत अन्य स्थानीय तहमा आफ्नो भारतीय राजदूत र इण्डियासँग राम्रो सम्बन्ध रहेको भन्दै स्थानीयलाई छात्रवृत्ति दिलाइदिने भन्दै सिफारिस गर्दै हिँडेको तथ्य बाहिर आएपछि अहिले यो घटना सतहमा आएको हो । सार्वजनिक भएको तस्विर हेर्ने हो भने पिपरा नगरपालिकाबाट प्राप्त विवरणअनुसार स्नातक र स्नातकोत्तर तहको निःशुल्क शिक्षाका लागि छात्रवृत्ति दिलाइदिने भनी चौधरीले सार्वजनिक आह्वान नै गरेकी छिन्।
राजपा भित्र बहस, ‘ए तो हद हुवा’
सांसद चौधरीलाई मात्र भारतीय दुताबासले सहयोग गरेको र चौधरीले पनि त्दूयसैको आडमा गलत काम गरेको भन्दै पार्टीभित्र नै उनको विरोध हुन थालेको छ । उनले दुताबासको बजेटबाट गाडीसमेत चढेकोसमेत विभिन्न नेताहरुबीच छलफल भइरहेको छ । त्यसैगरी दूतावासले प्रत्येक महिनामा विभिन्न कार्यक्रमको लागि ५ देखि १० लाख रुपैयाँ उपलब्ध गराउँदै आएको आरोप पनि उनकै पार्टीका नेताहरुले लगाईरहेका छन् ।
दुताबासको बदनाम गराउने खेल कि दुताबासमा हुने नै यस्तै घोटाला हो ?
दुताबासको छात्रवृतिलाई लिएर दुई थरी भनाइ बाहिर आएका छन् । कतिपयले योग्यताका आधारमा भारतीय दुताबासले छात्रवृति दिने र चौधरीले दुताबासको बदनाम गरिरेको तर्क गर्छन् भने कतिपयले भने भारतीय दुताबासमा हरेक छात्रवृतिमा यस्तै घोटाला हुने र कोहि आफ्नो मान्छे नभई त्यहाँको छात्रवृति नपाइने ठोकुवा गर्ने गरेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्