
काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाले खुद नाफा ३ करोड ३४ लाख रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १५८.१६% धेरै हो । गत वर्ष यसले १ करोड २९ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यस्तै, कम्पनीले खुद ब्याज आम्दानी ९९.९७% ले बढेर ७ करोड ८१ लाख पुर्याएको छ । गत वर्षको यहि अवधिमा ३ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफा पनि २ करोड ३ लाख रुपैयाँबाट बढोत्तरी भएर ५ करोड ३१ लाख पुगेको छ ।
यो दोस्रो त्रैमाससम्ममा संस्थाले ६१ करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल यसको चुक्ता पुँजी २२ करोड ८१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ करोड ७८ लाख रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा भने १.३६% रहेको छ भने प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३४ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ७५ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्