काठमाडौँ – महोत्तरीमा आजदेखि छोरी शिक्षा बिमा शिविर शुरु गरिएको छ । प्रदेश नं २ सरकारबाट ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत आज महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय र श्री महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयमा छोरी शिक्षा बिमा शिविर शुरु गरिएको हो ।
जलेश्वर नपामा आज र शुक्रबार दुई दिन शिविर सञ्चालन हुने छ भने महोत्तरीका १५ वटै स्थानीय तहका वडाको सङ्ख्या हेरी एक/दुई दिन गर्दै आगामी फागुनको २ गतेसम्म यो शिविर सञ्चालन सञ्चालन हुनेछन् । शिविर गौशाला नगरपालिकामा गएर सम्पन्न हुनेछ ।
यस कार्यक्रमअन्तर्गत २०७५ माघ २ गतेदेखि आजसम्म जन्मेका बालिकालाई प्रदेश सरकारले २० वर्षपछि रु एक लाख पाउने गरी निःशुल्क बिमा गर्ने भएको छ । रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्