×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ज्याक माका सफलताका ७ सुत्र, जसले तपाईंको जीवन बदल्न सक्छ…

विश्वप्रशिद्ध कम्पनी अलिबाबाका अध्यक्ष ‘ज्याक मा’ कुनैबेला एसियाका सबैभन्दा धनी व्यक्ति बनेका थिए । उनको सम्पत्ति २३ बिलियन डलर पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । तर यतिको सफल भएका ज्याकमाका असलाफताहरु कोट्याउने हो भने मन नै गरुङ्गो हुने खालको छ । 
एक टेलिभिजन अन्तर्वार्तामा उनले भनेका छन्, ‘जब चाइनामा पहिलोपटक केएफसी आएको थियो, जागिरका लागि आवेदन दिएका २४ जनामा २३ जना छानिए, उनीमात्र फालिए । आर्मीमा भर्ति हुन खोज्दा आवेदन दिएका ५ जनामा ४ जना छानिए, उनीमात्र फालिए । पटक पटक असफलताको पराकाष्टा भोगेका उनी अन्तत: एशियाकै सबैभन्दा धनी व्यक्तिसम्म हुन पुगे । उनले विभिन्न फोरमहरुमा आफ्नो भोगाईमा आधारित महान भनाइहरु दिएका छन् । हामीले त्यसलाई संकलन गरेर नेपालीमा अनुवाद गरेका छौँ । 
१. धैर्यता सफलताको पहिलो खुड्किलो हो । 
२. धेरै काम गर्नका लागि जिन्दगी छोटो छ । जे गर्नुहुन्छ, गम्भीर भएर गर्नुहोस्, काम र जिन्दगी दुबैको मज्जा लिनुस् ।
३. संसारमा कमी पैसाको होइन सपना देख्ने मानिसहरुको छ ।
४. सेवा र सिर्जनशीलतामा प्रतिष्पर्धा गर्नुहोस् , बस्तुको मूल्यमा होइन ।
५. कहिले पनि अरुजस्तो बन्न नखोज्नुहोस् । आफुमा निखार ल्याउनुहोस् । सफलतादेखि नमात्तिनुहोस् । 
६. साथीसंगत इमान्दारसँग मात्र गर्नुहोस् । जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ । गुनासो सुन्नुहोस्, अघि बढ्नुहोस् ।
७ . कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनु पर्सी सुनौलो दिन आउनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: