×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीको जुवाघरमा प्रहरी छापा: वडाध्यक्षसहित १६ पक्राउ, २२ लाख ८२ हजार नगद बरामद…!

PRIME CA

कैलालीको जुवाघरमा प्रहरी छापा: वडाध्यक्षसहित १६ पक्राउ, २२ लाख ८२ हजार नगद बरामद…!

१३ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – कैलालीबाट वडाध्यक्षसहित १६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको  गोदावरी नगरपालिका–१० बाट वडाध्यक्षसहित १६ जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । 
धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का तिलक अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा सोहि नगरपालिकाका वडाध्यक्ष २८ बर्षीय रवीन्द्र शाही, कञ्चनपुर भीमदत्त नगरपालिका ३ का ३४ बर्षीय धिरेन्द्र चन्द, वेलौरी नगरपालिका १ बस्ने ३४ बर्षीय भुवन कुवँर, धनगढी उपमहानगरपालिका ३ बस्ने ३८ बर्षीय तिलक अधिकारी, वडा नम्वर १३ बस्ने बर्ष ३४ का रमेश खड्का, वडा नम्वर ४ बस्ने बर्ष ३५ का खेमराज भट्ट, वडा नम्वर २ बस्ने बर्ष ४१ क जनक दौल्याल, गोदावरी नगरपालिका १० बस्ने बर्ष २८ का सन्देष तामाङ, गोदावरी नगरपालिका ३ बस्ने बर्ष ३८ का मोहन खड्का रहेका छन् । 
यस्तै बैतडी दशरथचन्द नगरपालिका ८ बस्ने बर्ष ३१ का अमित गुरु, बझाङ जयपृथ्बी नगरपालिका १० बस्ने बर्ष ३५ का प्रेम बहादुर सिंह, बैतडी दशरथचन्द नगरपालिका ४ बस्ने बर्ष ३० का सुर्य भट्ट, पुर्चौडी नगरपालिका ८ बस्ने बर्ष ५० का कालुसिंह धामी, धनगढी उपमहानगरपालिका ३ बस्ने बर्ष ३७ का चन्द्रमणि अधिकारी, जिल्ला दार्चुला नौगाड गाउँपालिका ४ बस्ने बर्ष ३३ का जयसिंह धामी र महाकाली नगरपालिका ४ बस्ने बर्ष ३८ का मंगल ठगुन्नालाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । 
उनीहरुका साथबाट २२ लाख ८२ हजार नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका १६ जनामाथि जुवा कसुर अन्तर्गत कारवाही हुने बताइएको छ ।
 
सो ऐन अन्तर्गत पहिलो पटक भए ३ महिना कैद वा ३० हजार जरिवाना, दोश्रो पटक भए एक बर्ष कैद र ५० हजार जरिवाना गर्ने व्यवस्था रहेको छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: