×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा ६.८८% वृद्धि, अन्य सूचकको कस्तो छ अवस्था ?

PRIME CA
GLOBAL IME BANK

ज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा ६.८८% वृद्धि, अन्य सूचकको कस्तो छ अवस्था ?

१२ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७६/७७को दोस्रो त्रैमसको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ६.८८% ले बढेको छ ।  गत वर्ष ६ करोड ४४ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले अहिले थोरै बढाएर ६ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ। 
यस्तै, कम्पनीको खुद बिमा शुल्क भने १३४.६९% ले वृद्धि गरी ७२ करोड ५४ लाख ७३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले ३० करोड ९१ लाख १९ हजार रुपैयाँ मात्र आर्जन गरेको थियो । यता, कम्पनीले   ४६ लाख १५ हजार रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ । साथै, जीवन बीमा कोष २६७.२६% ले बढोत्तरी गरी  १ अर्ब २० करोड ८१ लाख ७८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष जीवन बीमा कोषमा मात्र ३२ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।
यो पुसमसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३३ करोड ४६ लाख ५० हजार रुपैयाँ छ । कम्पनीले महाविपत्ति कोषका लागि ३ करोड ७२ लाख ३ हजार रुपैयाँ छुट्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ १५ पैसा रहेको विवरणमा उल्लेख छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: