काठमाडौं – कञ्चन डेभलपमेन्ट बैंकले ६% नगद लाभांश आफ्नो सेयरधनीहरुको बैंक खातामा जम्मा गर्न सुरु गरेको छ । बैंकको पुस २९ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १०% बोनस सेयर र कर सहित ६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त पारित भएको नगद लाभांश सेयरधनीको खातामा पठाउन थालेको हो ।
कञ्चन डेभलपमेन्ट बैंकले माघ ३ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । सो मितिपछि बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा पनि नगद जम्मा गर्ने तयारी भइरहेको रहेको बैंकको भनाई छ । नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनिएको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।