×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यवसायीहरुको गुनासो “कर कार्यालयका कर्मचारीहरुको व्यवहार राम्रो भएन” (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

व्यवसायीहरुको गुनासो “कर कार्यालयका कर्मचारीहरुको व्यवहार राम्रो भएन” (भिडियो रिपोर्ट)

२८ पुष २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कर तिर्ने व्यवसायीहरुलाई कर कार्यालयका कर्मचारीहरुले राम्रो व्यवहार नगरेको व्यवसायीहरुले बताएका छन् । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल आवद्ध व्यवसायीहरुले आइतबार आन्तरिक राजश्व विभागका अधिकारीहरुलाई भेट गरी आफुहरुमाथि कर्मचारीहरुले राम्रो व्यवहार नगरेको बताएका हुन् । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले कानून बनाएर व्यववसायीलाई कडाई गर्ने तर कर कार्यालयले आफ्नो व्यवहारमा सुधार नगरेको बताउनुभयो । त्यस्तै आन्तरिक राजश्व विभागले अनुगमनका क्रममा सबै विषयमाथि राम्रोसँग अध्ययन नगरी विषयहरु सार्वजनिक गरेकाले व्यवसायीको बदनाम हुने गरेको समेत बताउनुभयो ।
अध्यक्ष दुलालले खुला बजार अर्थतन्त्रमा सरकारले वस्तुको मूल्य निर्धारण गर्ने नीति लिन नहुने बताउनुभयो । उहाँले बजारले आफै निर्धारण गर्नुपर्ने वस्तुको मूल्य निर्धारण सरकारले गरेकोले व्यवसायीक स्वतन्त्रता नरहेको समेत बताउनुभयो । हेर्नुहोस् भिडियो:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: