
काठमाडौँ । प्रहरीले ६७ हजार ९१६ रुपैयाँको चेक केरमेट गरी २० लाख ६७ हजार ९१६ रुपैयाँ बनाई रकम झिक्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीले उक्त आरोपमा ५६ वर्षीय सन्तोष घिमिरेलाई बुधबार दिउँसो ४ बजे पक्राउ गरेको हो ।
घिमिरेले गत पुस ९ गते ६७ हजार ९१६ रुपैयाँ रहेको चेक किर्ते गरी २० लाख ६७ हजार ९१६ रुपैयाँ बनाई सिद्धार्थ बैंक कुलेश्वर शाखामा चेक नम्बर ००२१४२२५५३१८०१ बाट साटेका थिए । घिमिरे राजधानीस्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजको कार्यालय सचिव हुन् ।
उनकै कार्यालय प्रयोजनका लागि कार्यालयकै खाताबाट ६७ हजार ९१६ रुपैयाँ निकाल्न चेक काटिएको थियो ।चेक घिमिरेले नै रकमको परिमाण लेख्ने स्थानमा अघिल्तिर थोरै ठाउँ छोडी बनाएका थिए ।
ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजले कार्यालयको खातामा २० लाख रुपैयाँको हिसाब गोलमाल भएपछि महानगरीय प्रहरी बृत्त कालीमाटीमा निवेदन पेश गरेको थियो ।
प्रहरीका अनुसार घिमिरेका साथबाट १८ लाख रुपैयाँ नगद बरामद भएको छ । बाँकी रकम भने उनले खर्च गरिसकेको प्रहरीसमक्ष बताएका छन् । भोजपुर षडानन्द गाउँपालिका–११ स्थायी घर भएका सन्तोषमाथि आवश्यक कारवाहीको प्रक्रिया सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्