×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कृषि विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका, यस्तो छ बैंकले तोकेको ब्याजदर !

काठमाडौं – कृषि विकास बैंक लिमिटेडको ऋणपत्र भर्ने शुक्रबार अर्थात माघ १७ गते अन्तिम रहेको छ । बैंकले माघ १४ गतेदेखि २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेकोमा (आज) शुक्रबार कार्यालयसमयसम्म मात्र आवेदन दिन सकिने बैंकले जनाएको छ । 
बैंकले १० लाख इकाईमा सर्वसाधारणका लागि र बाँकी १५ लाख इकाई संघसंस्थाहरुलाई छुट्याएको थियो । वार्षिक १०.३५% ब्याज पाइने उक्त  ऋणपत्र न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । 
बैंकले ७ वर्ष अवधिको ‘कृषि विकास बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले उक्त ऋणपत्र बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यपिटललाई नियुक्त गरेको थियो । इक्रा नेपालले ‘इक्रा एनपी एलए’ रेटिङ दिएको सो ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ ।
उक्त ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ बैंकले जनाएको छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: