
काठमाडौँ । कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकमसहित फरार भएका दिपक नेपाल पक्राउ परेका छन् । १ करोड रकमसहित फरार भएका ४३ वर्षीय नेपाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत पुस १८ गते पक्राउ गरेको हो ।
प्रहरीले यसअघि सोहि प्रकरणमा १६ जनालाई पक्राउ गरिसकेको छ । बैंकको रकम निकाल्ने मुख्य योजनाकार अफ्रिकी मुलका काले भनिने पिटर रहेको प्रहरीले जनाएको छ । नेपालका बैंकहरुबाट ५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी रकम निकाल्ने योजना नै पिटरेको रहेको प्रहरीले जनाएको छ ।
बैंकको लहान शाखाबाट विभिन्न ७ जना व्यक्तिको नाममा करिब ४ करोड रुपैयाँ ट्रान्सफर गरिएको थियो । जसमा डेढ करोडभन्दा बढी रुपैयाँ उनीहरुले निकालिसकेका थिए भने बाँकी रकम निकाल्ने क्रममा दुई जना पक्राउ परेको बैंकले जनाएको छ ।
पक्राउ परेका नेपाललाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको पनि महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्