×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले १०% बोनस सेयर सेयरधनीको खातामा पठायो, नपाएकाले के गर्ने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंकले १०% बोनस सेयर सेयरधनीको खातामा पठायो, नपाएकाले के गर्ने ?

Artha Sarokar

२७ पुष २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कुमारी बैंकले आफ्नो सेयरधनीको डिम्याट खातामा १०% बोनस सेयर पठाउन थालेको छ । बैंकको असोज ११ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर कर प्रयोजनार्थ ०.५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त पारित भएको बोनस सेयर बैंकले गत भदौ २८ गतेसम्म सेयर डिम्याट गराएकाहरुको डिम्याट खातामा पठाइदिएको हो । 
भदौ २८ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ । तर अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरीने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी