×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकको खुद नाफा २४.७६ प्रतिशतले वृद्धि हुँदा अन्य सूचक पनि उत्साहजनक !

PRIME CA
GLOBAL IME BANK

लक्ष्मी बैंकको खुद नाफा २४.७६ प्रतिशतले वृद्धि हुँदा अन्य सूचक पनि उत्साहजनक !

१४ माघ २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – लक्ष्मी बैंकले आर्थिक वर्ष २०७६/७७ दोस्रो त्रैमाससम्म ९० करोड ३० लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो नाफा गत वर्ष यहि अवधिको तुलनामा २४.७६% ले धेरै हो । गत वर्ष यसैअवधिमा बैंकले ७२ करोड ३७ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ५९ करोड १८ लाख ४४ हजार रुपैयाँ रहेको छ । 
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्नुका साथै खराब कर्जा उठाउन सफल भएका कारण खुद नाफा बढेको हो । यस अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १९.९४% र २०.०१% ले बढेको छ । बैंकले १ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ व्याज आम्दानी गरेको । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ व्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा १ अर्ब ७ करोड ८३ लाख रुपैयाँबाट बढेर १ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ पुगेको छ । 
यो पुसमसान्तसम्ममा बैंकले ८८ अर्ब २३ करोड ८ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८५ अर्ब ५ करोड २५ लाख कर्जा परिचालन गरेको छ । बैंकको चुक्ता पुँजी १९.३५% ले बढेर ९ अर्व ८१ करोड २५ लाख ६० हजार रुपैयाँ पुगेको छ भने जगेडा कोष ४८.०८%ले घटेर २ अर्व ३० करोड ८२ लाख ४१ हजार रुपैयाँमा खुम्चिएको छ। 
यस्तै, बैंकको खराब कर्जा अनुपात ०.८८%, कष्ट अफ फण्ड ७.२१%, प्रतिसेयर आम्दानी १८.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ९० पैसा र मूल्य आम्दानी अनुपात ११.१९ गुणा रहेको छ । साथै पुस मसान्तसम्म बैंकको आधार दर १०.०९% र स्प्रेड दर ४.२३% छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: