×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी जनरल इन्स्योरेन्सले ९.७५% बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लुम्बिनी जनरल इन्स्योरेन्सले ९.७५% बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

Artha Sarokar

१३ माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको २०२औं बैठकले ९.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.४८७५% नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले ८ करोड ५८ लाख रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ भने ४२ लाख ९० हजार रुपैयाँ कर तिर्न नगद वितरण गर्ने भएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ९६ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।
यो लाभांश प्रस्ताव नियामक निकाय बीमा समिति र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस्ले कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी