![](https://1.bp.blogspot.com/-f1FvkBsD_ck/Xhq1L86LR8I/AAAAAAABWSs/O2pVIzYptW0xNrVdl1qTi5kjXp75fFB5wCLcBGAsYHQ/s1600/2.jpg)
काठमाडौं । बैंकको एटीएम मेसिन फुटाइरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । प्रहरीले शनिबार बिहान माच्छापुच्छ्रे बैंकको पुतलीसडक शाखामा राखिएको एटिएम मेसिन फुटाइरहेको अवस्थामा ति युवक पक्राउलाई गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा २४ वर्षीय तिलक खड्का रहेको प्रहरीले जनाएको छ । जाजरकोटको त्रिवेणी नगरपालिका- ६ घर भएका उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको टोलीले पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।