×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंक र चिरायु नेसनल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

महालक्ष्मी विकास बैंक र चिरायु नेसनल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

Artha Sarokar

९ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि. सँग माघ ८ गते (बिहिबार) एक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर एन. आर. वैद्यले हस्ताक्षर गर्नु भएको हो । 
उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक/सेयरधनीहरुले चिरायु नेसनल हस्पिटलमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक/सेयरधनीहरु, कर्मचारी साथै कर्मचारीका परिवारले बेड चार्जमा अधिकतम २०%, उपचार प्रक्रियामा अधिकतम १५%, रोगको निदानमा अधिकतम १२% तथा औषधीमा ५% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
देशका १०२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी