काठमाडौं – महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा ‘सामुहिक म्यादी जीवन बिमा’ सार्वजनिक गरेको छ ।
एउटै बिमालेखबाट संगठित संस्थाको कर्मचारी, ऋणी, लगानी कर्ता, निक्षेपकर्ता वा सदस्यहरुको म्यादी बिमा गर्न सकिने समेत विशेषता रहेको यस बिमा योजनामा समूहका सदस्यहरु बिमा अवधि भित्र थप घट गर्न सकिने सुविधा रहेको छ ।
साथै यस बीमालेखमा ऐच्छिक सुविधा अन्तर्गत कुनै कारणवस समूहका सदस्यको ‘बिमित’ दुर्घटनाबाट मृत्यु भएमा थप बिमाङ्क बराबर रकम प्रदान गरिने, बिमा अवधि भित्र बिमितको मृत्यु भएमा क्रिया खर्च बराबर बिमाङ्कको १५ प्रतिशत वा ५० हजार जुन कम हुन्छ सो रकम थप प्रदान गरिनुका साथै बिमा अवधि भित्र समूहका सदस्य (बिमित)को दुर्घटनाबाट अङ्गभङ्ग भए अङ्गभङ्ग वापतको बिमाङ्कको अनुपातिक रकम क्षतिपूर्ती प्रदान गरिने र पूर्ण अपाङ्ग र अशक्त भएमा बिमाङ्क बराबर रकम प्रदान गरिने सुविधा रहेको छ।
एकदमै न्यून बीमाशुल्कमा बिमा गर्न सकिने यस बिमा योजनाले संगठित संस्था, प्रतिष्ठान, संघ, संगठनमा सम्बद्ध व्यक्तिहरुको जीवनमा आइपर्ने मृत्यु तथा अङ्गभङ्ग बाट पर्न सक्ने वित्तीय जोखिमलाई न्यूनिकरण गर्ने विश्वास लिईएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्