×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

LAXMI SUNRISE BANK

महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

१६ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडाैं – महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको ३ दिने दोस्रो राष्ट्रिय सम्मेलन चितवनको सौराहामा सम्पन्न भएकाे छ । माघ १२ देखि १४ गतेसम्म भएकाे उक्त सम्मेलनमा ७५ जनाको सहभागिता रहेको थियो।
‘प्रत्येक घरमा-एउटा जीवन बीमा’ नाराका साथ संचालन भएको राष्ट्रिय सम्मेलनमा कम्पनीको सबै शाखा उपशाखाको ६ महिनाको प्रगति समिक्षा, गुणस्तरिय व्यापारको लागि अपनाउनु पर्ने रणनीति र कार्यक्रम तथा गाउँगाउँमा, घर घरमा बीमा सम्बन्धि जनचेतना जगाउन ‘प्रत्येक घरमा-एउटा जीवन बीमा’कार्यक्रम माथि छलफल गरिएको थियो ।
कार्यक्रमको अन्तिम दिन अण्डरराईटिङ, विभिन्न पोलिसीहरु र एजेन्सी सम्बन्धी १दिने तालिम संचालन गरिएको थियो । सम्मेलनको उद्घाटन तथा समिक्षा कम्पनीको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए । तालिम तथा कम्पनीको रणनीति बारेमा नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र रामेश्वर श्रेष्ठ तथा सहायक महाप्रबन्धक सपना खरेल र प्रशान्तराज धमलाले प्रकाश पारेका थिए। कार्यक्रमको संचालन एजेन्सी प्रमुख सिताराम धिमालले गरेका हुन् ।
२०७५ माघ २७ गतेबाट कारोबार संचालन गरेको कान्छो जीवन बीमा कम्पनीले एक वर्षभन्दा कम अवधिमा ६० वटा शाखा/उपशाखा संचालन, ६५ जिल्लामा जनचेतना कार्यक्रम सम्पन्न, ६ हजार भन्दा बढी अभिकर्ता इजाजत स्वीकृति, ९ वटा बीमा प्रोडक्ट घोषणा गरि कुल ५३ करोड भन्दा बढीको व्यवसाय गर्न सफल भएको छ । कम्पनीले जीवन बीमाको विभिन्न क्षेत्रमा २ वर्षमा नयाँ कम्पनी मध्ये र ५ वर्ष भित्र सबै जीवन बीमा कम्पनीलाई नेतृत्व गर्ने गरी अग्रणी स्थान बनाउने सम्मेलनमा घोषणा गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी